Logo

चन्दा आतंक मच्चाउने पक्राउ



पोखरा, २० असार । चन्दा आतंक मच्चाउनेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराको न्युरोडस्थित नर्सिङ होममा अवैध चन्दा संकलन गरिरहेको अवस्थामा रामबजार बस्ने ३७ वर्षीय इन्द्रबहादुर गुरुङ पक्राउ परेका हुन् ।

बिहिबार साँझ चन्दा रसिद र चन्दा वापतको साँढे १५ हजारसहित गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बैदामस्थित प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot