Logo

वनमन्त्री बस्नेतलाई भ्रमण वर्षको चिन्ता



काठमाडौं । सरकारले वनलाई आर्थिक समृद्धिको आधार बनाउँदै वैज्ञानिक व्यवस्थापनको कार्ययोजनासहित काम शुरु गरिसकेको बताएका छन् । “वन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने गरी यसको बहुआयामिक उपयोग गर्ने प्रक्रिया शुरु भएको छ”, विनियोजन विधेयक, २०७६ माथि वन तथा वातावरण मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री बस्नेतले भने, “वनलाई आर्थिक विकास, प्रकृतिमा आधारित पर्यटन, उद्यमशीलता र काठमा आत्मनिर्भर बनाउने गरी काम अगाडि बढेको छ ।” मन्त्री बस्नेतले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा सरकारले गरेको जानकारी दिँदै नेपाल आउने कूल पर्यटकमध्ये ६० प्रतिशत बढी पर्यटक संरक्षण क्षेत्रमा जाने गरेको तथ्याङ्क पेश गरे ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन पनि संरक्षण क्षेत्रमा थप पर्यटक पु¥याउन लाग्नुपर्नेमा जोड दिँदै उनले संरक्षण क्षेत्रमा पर्यटकलाई सेवा दिन अगाडि सारिएका केही कार्यक्रमलाई अनावश्यकरूपमा चर्चा गरिएकोप्रति गुनासो व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot