Logo

बलात्कारको अभियोगमा युवक पक्राउ



धनुषा, २० असार । जर्बजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । धनुषा नगरपालिकाको सरस्वतीपुरका २८ वर्षीय महेश शाहलाई २५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।

 

पक्राउ परेका शाहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot