Logo

पाकिस्तान देखि आएका दुई खुंखार चोर



काठमाडौं, २० असार । नेपालमा बसेर दुई पाकिस्तानी चोरीका घटनाहरुमा सक्रिय रहेको तथ्य फेला परेको छ । उनीहरुले आधा दर्जन स्थानमा चोरी गरिसकेका छन् । एकपटक चोरीको घटनामा संलग्न भएर छुटिसकेपछि पुनः चोरीमा सक्रिय रहेको पत्ता लागेपछि उनीहरुले गरेको चोरीको घटनाहरुको सूची तयार भएको छ ।

 

चोरी गर्दै हिंडेका दुवैजना यसपटक फेरि पैसा साट्ने निहुमा चोरी गर्दा पक्राउ परे । डलरसहित विदेशी मुद्रा चोरेर फरार हुने क्रममा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा इस्लामावाद घर भएका ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खान छन् ।

 

दुवैजनालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले काठमाडौंको झोंछेमा राजेन्द्र श्रेष्ठको डेभिस मेट्रो मनि एक्सचेन्जबाट ९ सय अमेरिकी डलर, ३ हजार साउदी रियाल र १४ सय चिनियाँ युआन चोरेका थिए । अमेरिकी डलर रियालसँग साट्न मनि एक्सचेन्ज पुगेर झुक्याएर चोरी गरी फरार भउका थिए ।

 

नेपालमा बसेर खानद्वयले विभिन्न स्थानमा चोरी गरेको तथ्य फेला परेको छ । उनीहरुले भक्तपुरको लोकन्थली, बुटवललगायतका स्थानबाट पैसा चोरी गरेका थिए । यसअघि पनि उनीहरु पक्राउ परेर धरौटीमा छुटेको पत्ता लागेको छ । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्