Logo

अनुपम खेरले हिन्दी फिल्म पाउन छाडे, यस्तो छ कारण



काठमाडौं । भारतका चर्चित अभिनेता अनुपम खेर, जो पद्यम भुषणबाट पनि विभुषित भैसकेका छन् । कामको कुरा गर्दा अहिले उनी खाली छन् । उनले हिन्दी फिल्ममा अभिनय गर्ने अवसर नै नपाएको बिबिसी हिन्दीले जनाएको छ । अनुपमले अहिलेसम्म पाँच सयभन्दा बढि हिन्दी फिल्ममा बेजोड अभिनय गरिसकेका छन् ।

भारतीय फिल्म नगरी बलिउडमा मात्रै नभएर अनुपमले हलिउडमा पनि काम गरिसकेका छन् । तर, उनको फिल्मी करियरमै अहिले ईन्टरभल चलिरहेको अड्कलबाजी गर्न थालिएको छ । बिबिसी हिन्दीले लेखेको छ, उनको साथमा अहिले हिन्दीको कुनैपनि मुभी छैन ।

आजबाट प्रशारणमा आएको एक फिल्ममा पनि अनुपमको भूमिका सिमित बनाईएको छ । उनलाई एक जजको भूमिकामा देख्न सकिएको छ । फिल्मका साथसाथै राजनीतिमा पनि उतिकै चासो राख्ने अनुपम भारतीय सत्तारुढ दल भाजपाका कट्टर समर्थक हुन ।

तर, अनुपमले पछिल्लो समय आफू राजनीतिमा लागेकै कारण आफूलाई जानाजान फिल्मबाट अलग पार्न खोजिएको गुनासो पोखेका छन् । उनले बिबिसीसँगको कुराकानीमा भनेका छन्,”ज्यादा भन्दा ज्यादा मान्छेले के गर्छन ? मलाई काम दिँदैनन् । म ९९.९ प्रतिशत मानिसको बीचमा लोकप्रिय छु ।” Photo Source : dbpost



प्रतिक्रिया दिनुहोस्

Screenshot