Logo

अमेजन सुरु गर्नुभन्दा २५ वर्ष पहिले जेफ बेजोस के गर्थे ?



काठमाडौं । तपाई आफैंलाई सोध्नुहोस कि तपाईको दिलले के चाहन्छ ? विश्वका सबैभन्दा धनी व्यक्ति अर्थात अमेजन कम्पनीका मालिक जेफ बेजोसका अनुसार यो त्यो सवाल हो जसलाई केही निर्णय लिनुपुर्व हामीले आफूले आफूलाई नै सोध्नुपर्छ ।

र, यही सवाल बेजोसले पनि आजभन्दा २५ वर्ष पहिला सोधेका थिए । जतिवेला, अमेजनको स्थापना नै भएको थिएन । त्यतिवेला उनी एउटा राम्रो र आरामदायी जागिर छोड्ने मनशाय बनाईरहेका थिए ।

त्यतिवेला उनी वाल स्टिट ईन्भेष्टमेन्टमा काम गर्दथे । र, यहीबाट राजीनामा दिएपछि उनले अमेरिकाको सियाटलमा रहेको आफ्नो बुवाको ग्यारेजबाट अमेजनको सुरुवात गरेका थिए ।

र, अमेजनको सुरुवातको तारिख नै आजकै दिन अर्थात जुलाई ५ तारिख थियो । १९९४ को जुलाई ५ तारिखबाट उनले अमेजनको सुरुवात गरेका थिए । प्रिन्स्टन विश्वविद्यालयबाट आफ्नो पढाई पुरा गरेका बेजोसले आफ्नो विगतबारे सन् २०१० मा विश्वविद्यालयमा आयोजित विशेष समारोहमा भावुक वक्तव्य दिएका थिए ।

जेफ बेजोस दश वर्षको हुँदा उनी आफ्नो हजुरबुवा हजुरआमासँग बस्दथे । एक दिन यात्राको क्रममा उनले आम मानिसको जीवनमा धुम्रपानले पार्ने असरको बारेमा गहिरो सोचेका थिए ।

१९६४ मा जन्मिएका बेजोस पढाईमा पनि तेज थिए । उनको साथी तथा सहकर्मीहरुजस्तै उनले पनि म्याकडोनल्डसबाट नै जागिर सुरु गरेका थिए ।

न्युजर्सीको प्रिन्स्टन युनिभर्सिटीबाट कम्युटर साईन्स र ईलेक्टोनिक ईन्जिनियरिंगमा ग्राज्युएशन गरेको ८ वर्षपछि उनी डिई शाँ एण्ड कम्पनीको उपाध्यक्षसमेत बनेका थिए । डिई एण्ड शाँ एक वाल स्टिट ईन्भेष्टमेन्ट बैंक हो । जहाँबाट उनले राजीनामा गरेर अमेजनको सुरुवात गरेका थिए ।

सन् २०१० मा प्रिन्स्टन विश्वविद्यालयमा दिएको एक भाषणमा उनले भनेका थिए की ईन्टरनेटको पहुँज तिव्र रफ्तारमा बढिरहेको छ र मैले एउटा अनलाईन बुकस्टोर खोल्ने फैसला गरेको थिएँ । जहाँ हजारौं किताब होस् ।

बिबिसी हिन्दीमा यो समाचार उच्च महत्वका साथ प्रकाशित गरिएको छ । Photo Source : CNBC.com

 



प्रतिक्रिया दिनुहोस्