Logo

बेबिलोन विश्व सम्पदा सूचीमा



प्राचीन शहर बेबिलोन युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । संयुक्त राष्ट्रसंघको सम्पदा कमिटिले सम्पदा सूचीमा राखेको हो । अजरबैजानमा भएको कमिटिको बैठकले बेबिलोनलाई सम्पदा सूचीमा राखेको युनेस्कोले जनाएको छ ।

बेबिलोन विश्व सम्पदाको सूचीमा परेपछि इराकले सन् १९८३ देखि गरेको प्रयास सफल भएको छ । अब प्रचीन मेसोपोटामिया सभ्यता अन्र्तगतको शहरले मानवताका लागि मात्र नभई अन्तर्राष्ट्रिय सन्धीबाट पनि संरक्षित क्षेत्रको मान्यता पाएको छ ।

बेबिलोनले विश्व सम्पदा सूचीमा स्थान बनाएपछि इराकमा खुशियाली छाएको छ । इराकले निर्णयका भव्य स्वागत गरेको छ ।
युनेस्कोको नयाँ सम्पदा सूचमा बेबिलोनसहत बुर्किना फासोको प्राचीन फेरोस मेटालुर्गी क्षेत्र, ब्राजिलको पाराटी एण्ड इल्हा ग्रान्डे, आइसल्याण्डको भाट्नाजोकुल राष्ट्रिय निकुञ्ज, फ्रान्सको अष्ट्रल ल्यान्ड एण्ड सिज र अल्बानियाको अर्किड क्षेत्र समेत विस्तारित भई विश्व सम्पदा सूचीमा परेका छन् । Photo: Ancient History



प्रतिक्रिया दिनुहोस्