Logo

पुटिनका विश्वासपात्रका सहयोगी पक्राउ



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वास गरेकालाई कठिन परिस्थितिमा पनि संरक्षण गर्छन् तर विश्वासघात गर्नेलाई ठेगान लगाएरै छाड्छन् । उनको यो परिचय बनेकाले विश्वासपात्रहरु पनि धोका दिन आँट गर्दैछन् ।

पुटिनले फेरि विश्वासघात गर्नेलाई ठेगान लगाएका छन् । आफ्ना विश्वासपात्रका एक सहयोगीलाई पुटिनले कारबाही बढाउन लगाएका छन् ।

युरेल्समा पुटिनका विश्वासपात्र निकोलाई सुकानोभका सहयोगी अलेक्जेन्डर भोरोबयोभलाई आर्थिक हिनामिनाको अभियोगमा पक्राउ गरिएको खबर आएको छ । पक्राउ गरिएका उनको हरासतको तस्वीर सार्वजनिक भउको छ । इन्टरफ्याक्स पत्रिकाका अनुसार भोरोबयोभ सुकानोभका खास मान्छे हुन् । पुटिनले युरेल्स क्षेत्रमा खटाएका व्यक्तिको सहयोगीलाई पक्राउ गर्नुले विश्वासघातको सम्भाना औल्याइएको छ ।

सन् २०१८ मा मात्र पुटिनले भ्रष्टाचारविरुद्ध कदम चाल्दै १३ सय रुसी अधिकारीलाई जागिरबाट निष्काशन गरिदिएका थिए ।

Photo: Peter Kassin / Kommersant



प्रतिक्रिया दिनुहोस्