Logo

प्रधानसेनापति थापा किन जाँदैछन अमेरिका ?



काठमाडौं, २१ असार । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन सोमबारअमेरिका जाने भएका छन्। ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी (डब्लुपिएस) सिएचओडिएस नेटवर्क मिटिङमा उनले सहभागिता जनाउने छन्।

त्यस्तै असार २६ गते राष्ट्रसंघले गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुने छन्। भ्रमणको दौरान प्रधानसेनापति थापाले डिपार्टमेन्ट अफ डिफेन्समा अमेरिकी आर्म्ड फोर्सका उपाध्यक्षसहित विभागअन्तर्गतका पदाधिकारीहरुसँग भेटवार्ता गर्ने छन्। थापा साउन १ गते स्वदेश फिर्ता हुने जङ्गी अड्डाले जनाएको छ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot