काठमाडौं, २१ असार । आज पश्चिमका धेरै र पूर्व र मध्यका केही भू-भागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिमी क्षेत्रका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
तीन दिनसम्मको मौसम अनुमान यस्तो छः
आज असार २१ गते (शनिबार) दिउँसोः देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली र अन्य भूभागमा सामान्य बदलीको सम्भावना छ। पश्चिमका धेरै र पूर्व र मध्यका केही भूभागमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पश्चिमी भूभागका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर सामान्य बदली भई केही भू–भागमा हल्का देखि मध्यमसम्म र १–२ स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यस्तै भोलि असार २२ गते (आइतबार) दिउँसो देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। राति देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
पर्सी असार २३ गते (सोमबार) दिउँसोः देशभर सामान्य बदली भई केही स्थानहमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। राति देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।