Logo

अमेरिकामा भूकम्पको झड्का बढ्दै जाँदा त्रास



अमेरिकाको क्यालिफोर्नियामा लगातार भूकम्पको झड्काले मानिसहरु त्रसित भएका छन् । ७.१ म्याग्निट्युडको शक्तिशाली भूकम्पका कारण शुक्रबार साँझ देखि मानिसहरु त्रासका कारण सुत्न नसकेको त्यहाँका टेलिभिजनहरुले खबर प्रशारण गरिरहेका छन् ।

मानिसहरु डराइरहेका र सडकमा आइरहेका छन् । भूकम्पपछि पराकम्पहरु गइरहेका छन् । मानिसहरु डरले चिच्याइरहेका छन् । लस एन्जल्सबाट २४० किलोमिटर टाढा रिडग्रेष्ट भन्ने स्थानमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँबाट भूकम्पको केन्द्रबिन्दु ११ किलोमिटर टाढा मात्र रहेको जनाइएको छ ।


बिहिबार ६.४ म्याग्निट्युडको भूकम्प गएकोमा शुक्रबार ७.१ म्याग्निट्युडको भूकम्प गयो । भूकम्पको झड्का झन् ठूलो गएपछि मानिसहरु त्रसित भएका हुन् । बिहिबारको भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा ११ किलोमिटर मुनी रहेकोमा शुक्रबार साँझ एक किलोमिटरभन्दा कम तल केन्द्रबिन्दु थियो ।

भूकम्पका कारण कतिपय स्थानमा क्षति पुगेको छ । आगलागीका कारण मानिसहरु घाइते भएका छन् । दुई हजारभन्दा बढी मानिस विद्युत अवरुद्ध भएपछि अध्यारोमा बस्न वाध्य भए । घर तथा भवनहरुमा क्षति पुगेको छ । पहिरोका कारण कतिपय स्थानका सडकमा ढुंगा झरेका छन् ।

भूकम्पको झड्का मेक्सिको र लास भेगाससम्म समेत महशुश भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । Photo: NBC News and CNA



प्रतिक्रिया दिनुहोस्

Screenshot