Logo

भारी वर्षा भइरहँदा भूकम्पले झड्का दिएपछि उपत्यकावासी त्रसित



अपडेटः काठमाडौं, २१ असार । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भइरहँदा भूकम्पको झड्का महशुश भयो । अपरान्ह ४ बजेर १५ मिनेट जाँदा गएको भूकम्पका कारण मानिसहरुको भागदौड मच्चियो ।

बाहिर पानी परेपनि मानिसहरु सुरक्षित हुन निस्किए । हजारौंको ज्यान गएको २०७२ सालको महाभूकम्प र त्यसपछिको पराकम्पको भुक्तभोगी उपत्यकावासी यसपटक पनि त्रसित भए ।

भवनलगायत अग्ला संरचनाहरु हल्लाउने गरी भूकम्प गएको थियो । भूकम्पले कुनै क्षति भएको विवरण आएको छैन । तैपनि, मानिसहरु त्रसित भएका छन् ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भक्तपुर केन्द्र भएर गएको भूकम्प ४.६ म्याग्निट्युडको थियो ।

अमेरिकामा शुक्रबार साँझमात्र ७.१ मेग्निट्युडको भूकम्प गयो । त्यहाँ मानिसहरु त्रसित भई सडकमा आएको दृश्य टेलिभिजनमा हेरिरहेका उपत्यकावासी आफ्नै ठाउँमा भूकम्प आउँदा झन् त्रसित हुनपुगे ।

 



प्रतिक्रिया दिनुहोस्