Logo

काठमाडौं उपत्यकामा भारी वर्षा



काठमाडौं, २१ असार । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भएको छ । मनसुन सक्रिय भएपनि उपत्यकामा पर्याप्त वर्षा नभइरहेको अवस्थामा शनिबार अपरान्ह भारी वर्षा भएको हो ।

राजधानीको केन्द्र र आसपासका गाउँहरुमा पनि भारी वर्षा भएको छ । वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा भइरहँदा ४.६ म्याग्निट्युडको भूकम्प मापन समेत भएको छ ।

उपत्यकाका अधिकांश स्थानमा पानी नपर्दा धान रोपाईमा समस्या भएको छ । पर्याप्त पानी नपर्दा रोपाई हुन सकेको छैन ।

शुक्रबार राति परेको पानीपछि किसानलाई केही राहत भएपनि पानी पर्याप्त परेन । मौसम पूर्वानुमान महाशाखाले आउँदा हप्ता देशको अधिकांश स्थानमा भारी वर्षाको सम्भावना देखाएको छ । ढिलै भएपनि पानी परेकाले किसानहरुलाई राहत मिलेको छ ।



प्रतिक्रिया दिनुहोस्