Logo

संसदीय दलको बैठकमा ओली यसरी गले



काठमाडौं, २१ असार । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीको संसदीय दलको बैठकमा गलेका छन् । सांसदहरुले विषादीयुक्त तरकारी आयात किन खुलाएको भनेर ¥याख¥याख्ती पारेपछि उनले तयारी नपुगेका कारण विषादी परीक्षण रोकेको स्पष्ट पारेका छन ।

 स्रोतका अनुसार सांसदहरुले कसको दबाबमा परीक्षण रोकियो ? भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले तयारी नपुगेको कारण रोकिएको भन्दै आफ्नो कमजोरी सुनाए । प्रक्रिया पूरा नगरी अघि बढेका कारण समस्या भएको प्रधानमन्त्रीले कमजोरी स्विकार गरेका थिए ।

आजको बैठकमा सरकारको यो कदमको सबैभन्दा चर्को विरोध पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता भीम रावलले गरेको एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

त्यस्तै, बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकार विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने बताएका थिए । । कर्मचारी र प्रविधि अभावलाई देखाएर जनतालाई विषादीयुक्त खाद्यान्न उपभोग गर्न सरकारले बाध्य बनाउन नहुने तर्क उनले गरे । उनले कुनै पनि विषयमा निर्णयमा पुग्नुअघि त्यसका विविध पक्षबारे सोचविचार गर्न सरकारलाई सुझाव दिए ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारका हरेक निर्णयको बचाउ गरेका थिए । उनले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताएका छन् । ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ । असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ, पार्टी भित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन । हामी सबै एउटै डुंगामाा सवार छौं । यो कुरा सबैले मनन् गर्नुपर्दछ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्