असार २१, काठमाण्डौ । चालु आर्थिक बर्षको अन्तिम महिना अर्थात असार महिनामा खर्च हुने बजेटको ग्राफ अत्यन्तै माथि हुन्छ । असारे बिकासको चटारो यसपटक पनि विगत जस्तै छ ।
चालु आर्थिक बर्षको अन्तिम महिना भएकाले ४ पनि बजेट सक्न को लागि कामको गुणस्तरीयतामा ध्यान दिएको पाइदैन । अहिले एक दिनमा जती बजेट खर्च भइरहेको छ, त्यो सुरुवाती महिनाको कुल बजेट खर्चसँग लगभग बराबर हुन्छ ।
समय हुन्जेल न त कर्मचारी नै आत्तिन्छन न त ठेकेदार नै । जसले गर्दा काम नसकेपछी बिनियोजित बजेटको ठुलो रकम बर्शेनी फ्रिज भएको अवस्था छ । बिकास तथा पुजिगत खर्चको तथ्यान्क हेर्ने हो भने ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख बिनियोजित बजेट मध्ये १ खर्ब ७४ अर्ब १७ करोड ४३ लाख मात्र खर्च भएको छ । जुन जम्मा बिकास खर्चको ५५.४७ प्रतिशत हो ।
असार १ गतेदेखिको तथ्यांक केलाउने हो भने औसतमा हरेक दिन कारीब १ अर्ब पुजुगत खर्च मात्र भएको छ भने करीब २ अर्ब चालु खर्च देखिएको छ । यो तथ्यान्क चालु आर्थिक बर्षको सुरुवाती महिना साउन भदौको एक महिनामा हुने खर्च र अहिले असारको महिनाको एक दिनको खर्च लगभग बराबर हुन आउछ ।
खर्चमा हुने समस्याको मुख्य कारण झन्झटिलो भुक्तानी प्रक्रिया, ठेकेदारको लापरबाही र कर्मचारीको मनपरीतन्त्र नै रहेको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटा बताउँछन् ।
हरेक आर्थिक वर्षको असार महिनामा बिकास खर्च र पुजिगत खर्चको अवस्था उत्कृष्ट हुन्छ भने अरुबेला शुन्य जस्तै । चालु आर्थिक बर्षमा चालु खर्च अन्तर्गत ८ अर्ब ४५ अर्ब ४४ करोड ७५ लाख बिनियोजन भएपनी आजसम्म ६ खर्ब ६६ अर्ब ५४ करोड ६५ लाख खर्च भएको छ ।
जुन कुल चालु खर्चको ७८.८४ प्रतिशत हो । यत्तिको तथ्याङ्कलाई सन्तोषजनक मान्न सकिन्छ । तर हतारमा काम गर्दा काममा गुणस्तर नआउने कुरामा विकास आयोजनाका सरोकारवालाहरु जानकार भएपनि यसप्रति उनीहरु मौन नै देखिन्छन् ।