Logo

दुई युवकले गरे बालिकालाई ललाइफकाई करणी



कपिलवस्तु, २१ असार । दुई युवक मिलेर १३ वर्षीया बालिकालाई ललाइफकाई करणी गरेका छन् । घटनामा संलग्न एक पक्राउ परेका छन् भने अर्का फरार छन् ।

प्रहरीका अनुसार यशोधरा गाउँपालिकामा भएको घटनामा २२ वर्षीय रमेश कुर्मी शुक्रबार पक्राउ परेका हुन् । घटनामा अर्का युवक करन कोहारले फरार छन् । दुवैले ललाइफकाई करणी गरेका हुन् । केटी कम उमेरकी भएकाले उनीहरुमाथि बलात्कारको अभियोगमा मुद्दा लाग्न सक्छ ।

घटनाको सूचना प्राप्त भएपछि पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीहरुमाथि छानवन भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्