Logo

विषादी परीक्षण नरोक्न माग गर्दै नेविसंघको प्रर्दशन (फोटोफिचर)



काठमाडौं । भारतबाट आयात हुने तरकारीको विषादी भित्र्याएको भन्दै परीक्षणलाई नरोक्‍न माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ । नेविसंघले आइतबार प्रदर्शनीमार्गमा तरकारी बोकेरै प्रदर्शन गरेका हुन् ।

उनीहरुले बोकेको तरकारीमार्फत् जनतालाई विष खुवाउने कार्य बन्द गर, विषादीयुक्त तरकारी र फलफूल आयातमा रोक लगा लगायतका लेखेका प्लेकार्ड बोकेका थिए । सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने व्यववस्था गरे पनि केही दिनमै उक्त निर्णयबाट सरकार पछि हटेको थियो । नेकपाकै सांसदहरुले सरकारको यो निर्णयको विरोध गरेका छन् ।

हिजोमात्रै बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरुले प्रधानमन्त्री ओलीलाई आच्छुआच्छु बनाएका थिए । सबैभन्दा बढि विरोध तथा आलोचना भने नेकपाकै बरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावलले गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्