Logo

कर्मचारीसँग सरकारले काम लिन नसकेको सांसदहरुको असन्तुष्टि



काठमाडौं । कर्मचारीको क्षमताअनुरुप सरकारले काम लिन नसकेको भन्दै सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आइतबार सिंहदरवारमा संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरुले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले सरकारले कर्मचारीको रिक्त दरबन्दी पदपूर्ति गर्न नसक्दा सेवाग्राहीहरु समस्यामा परेको बताए ।

समितिले अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च दिने विधेयकमा उल्लेखित प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले अवकाश प्राप्त निजामती कर्मचारीहरुलाई चाडपर्वमा राज्यले दिदैं आएको सुविधा कटौती गर्न जोड दिए ।

सत्तारुढ दल नेकपाकै सांसद पम्फा भुषालले भने अवकाश प्राप्त कर्मचारीले पर्वका बेला खाईपाई आएको सुविधा कुनै हालतमा पनि कटौती गर्न नहुने धारणा राखेकी थिईन् । बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले यस्तो व्यवस्था राज्यका लागि बोझ भएको जिकिर गरिन् । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot