Logo

‘कविर सिंह’ को बचाउमा कंगानाकी बहिनी, आलियामाथि लगातार प्रहार



बलिउड स्टार शाहिद कपुर र कियारा आडवाणी अभिनित चलचित्र कबिर सिंह बक्स अफिसमा शानदार बिजनेश गरिरहेको छ । एकतर्फ फिल्मीले राम्रो व्यापार गरिरहेको छ भने अर्को तर्फ नराम्रो भनेर आलोचना गर्ने सिलसिलापनि जारी नै छ ।

बलिउडका कलाकारहरु यो फिल्मलाई लिएर विभाजित छन् । कसैले यो मुभीको खुलेर प्रशंसा र समर्थन गरिरहेका छ भने कसैले मुभी महिलाविरोधी भएको आरोप लगाईरहेका छन् ।

हो, यस्तैमा कंगना रनौतकी बहिनी रंगोली चंदेलले फिल्मको पूरापुर समर्थन गरेकी छिन् । रंगोलीले आफ्नो आधिकारिक ट्विटरमा एउटा पछि अर्को गरि लगातार टिव्ट गरेकी छिन् । उनले आफ्नो ट्विटमा अभिनेता साहिद र फिल्मको बचाउ गर्दै नायिका आलिया भट्टलाई भने घेराबन्दीमा पार्ने कोशिस गरेकी छिन् । यो समाचार आज तकले छापेको छ ।

हेर्नुहोस आलिया भाटमाथि रंगोलीको लगातार प्रहार :



प्रतिक्रिया दिनुहोस्

Screenshot