Logo

यौनसम्पर्क गर्न नदिएपछि पत्नीको हत्या पछि युवकले आफ्नै लिङ्ग काटे



मानिस कामवासनाको रापले कतिसम्म हिंस्रक हुँदोरहेछ भन्ने भारतको घटनाले देखाएको छ । २४ वर्षीय अनवरुल हसन महिनौंपछि घर आए । पत्नीसँग यौनसम्पर्क गर्न मागे । पत्नीले मानिन् । आवेगमा आएर पत्नीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिदिए । त्यतिले मात्र नपुगेर आफ्नै लिङ्ग काटे ।

२३ असारको विहान उत्तर प्रदेशको गोरखपुरको नेपाल नजिकैको सिद्धार्थनगर जिल्लामा यस्तो घटना भएको हो । एक वर्ष अघि २१ वर्षीया मेहनाजसँग विवाह गरेका उनी सुरतमा काम गर्थे । बिदामा घर आएको दुई दिनसम्म पनि पत्नीले यौन सम्पर्क गर्न नदिएपछि आक्रोशित भएर हत्या गरिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको बखत दुवै जना घरमा एक्लै थिए । हत्या गरी लिङ्ग काटेपछि चिच्याहट सुनेर छिमेकीले प्रहरीलाई खबर गरेका थिए । भारतीय सञ्चारमाध्यमसँग हसनले पत्नीले यौनसम्पर्क गर्न नदिएपछि आवेगमा आएर हत्या गरेको बताएका छन् ।

युवकको गोरखपुरस्थित बाबा राघव दास मेडिकल कलेजमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतकका बाबुले युवकमाथि उजूरी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्