काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठक फेरि भोलि विहान ७ बजे नै बस्ने भएको छ । आजको बैठकमा के विषयमा छलफल भएको हो भन्ने कुरा पनि गोप्य राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहानै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको एक मन्त्रीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
उनकाअनुसार आज अपरान्ह ४ बजे क्याविनेट बैठकलगत्तै प्रधानमन्त्री ओलीले राष्टपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । भोलि विहान ७ बजे डाकिएको मन्त्रिपरिषद बैठकमा के विषयमा छलफल होला ? त भनेर सोधिएको प्रश्नमा ती मन्त्रीले आफूलाई पनि जानकारी नभएको सुनाए । तर, प्रधानमन्त्री ओलीले खाना खानेगरि मन्त्रीहरुलाई बोलाएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।