Logo

भीम रावलले गरे ओलीको भण्डाफोर, सरकारका गलत कामको प्रमाणसहित मिडियामा (भिडियो)



काठमाडौं, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद भीम बहादुर रावलले वर्तमान सरकारले एकपछि अर्को गरेर विवादस्पद निर्णय गरेकोले जनतामा आलोचित बनेको आरोप लगाएका छन् । उनले आफूले पार्टी अनुशासनमै रहेर सरकारको गलत कामको भण्डाफोर गरेको पनि स्पष्ट पारेका छन् ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले यस्तो बताएका हुन् । आफूले सरकारको वा प्रधानमन्त्री ओलीको विरोध नगरेको बरु नेपालको संविधान, पार्टीको विधानको रक्षा गरेको रावलको तर्क छ । रावलले प्रश्न गरे,”यो सरकारलाई कमजोर बनाउनको लागि एशिया प्रशान्त क्षेत्रको सम्मेलन मैले गर्न लगाएको हो र ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot