काठमाडौं, २४ असार । नेपाल प्रहरीमा प्रहरी जवानको अन्तिम नतिजा आएको छ । नतिजा अनुसार पाँच हजार छ सय ९८ जना उत्तीर्ण भएका छन् । नेपाल प्रहरीका अनुसार खुल्लातर्फ ३ हजार ७ सय ५४, महिलातर्फ ५ सय ५, आदिवासी जनजातितर्फ ५ सय ४०, मधेशीतर्फ ४ सय ९८, दलिततर्फ २ सय ७५, पिछडिएको क्षेत्रतर्फ १ सय २१ र अमर अशक्त प्रहरी परिवारतर्फ ५ जना रहेका छन् ।
कुल उत्तीर्णमध्ये ८ सय मात्र महिला छन् । पुरुषको संख्या महिलाको तुलनामा छ गुणा बढी ४ हजार ८ सय ९८ छ र ४१ हजार ८ सय ७१ ले प्रहरी जवानका लागि दरखास्त दिएका थिए । कुल दरखास्त दिनेमध्ये दश प्रतिशत उत्तीर्ण भएका छन् । नेपाल प्रहरीले उत्तीर्ण भएकालाई आवश्यक कागजागत सहित १ साउन २०७६ सम्म परीक्षा केन्द्रमा सम्पर्क राख्न सूचना जारी गरेको छ ।
हेर्नुहोस पूरा नतिजा :
https://www.nepalpolice.gov.np/images/vacancy_result/pc-final-result-notice-2076-03-23.pdf