Logo

मन्त्री यादवले हटाउन चुनौती दिदै भने—मलाई फसाउने कर्मचारीलाई कारबाही गर्छु



रिपोर्टर्स नेपाल, २४ असार । उद्दोग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले कसैले भन्दैमा आफूले राजीनामा नदिने भन्दै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हिम्मत भए हटाएर देखाउन खुल्ला चूनौति दिएका छन् ।

आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै मन्त्री यादवले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘मलाई मन्त्री पद जान्छ कि भनेर कुनै डर छैन, म जनताको सेवक हुँ । जनताले काम गर्नको लागि पठाएका हुन् ।’

विषादी प्रकरणमा आफ्नो कुनै गल्ती नरहेको पनि यादवको जिकिर थियो । उनले भने,‘मैले कसैको दबाबमा परेर निर्णय गरेको छैन, भारतको दबाबमा  गर्ने कुरा रोकियो भनेर बाहिर हल्ला चलाईएको छ, यसमा कुनै सत्यता छैन । कसैको दबाबमा यो निर्णय भएको होईन । मलाई कर्मचारीले फसाए । म उनीहरुलाई कारबाही गर्ने तयारीमा छु ।’


भारतीय दुतावासको पत्र आउनुपुर्व नै विषादी परीक्षण तत्काललाई नगर्ने र आवश्यक पूर्वाधार तयार भएपछिमात्रै गर्ने निर्णय भैसकेको यादवले जिकिर गरे । उनले भने,‘म भारतीय दलाल होईन, र विरोधी पनि होईन । म त नेपाल–भारत सम्बन्ध राम्रो बनाउनुपर्छ भन्ने पक्षमा छु । अरुले के भन्छ मलाई मतलव छैन् ।’

फरक प्रसँगमा उनले नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच सरकारको नेतृत्व आलोपाला गर्नेबारे सहमति भएको दाबी गरे । उक्त सहमतिअनुसार अढाई वर्ष पुगेपछि ओलीले छोड्ने र अर्को अढाई वर्ष अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्ने यादवको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्