काठमाडौं । ओखलढुंगा मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज विहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् ।
दुर्घटनामा बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते भएका पाँच जनालाई एम्बुलेन्समार्फत काठमाडौं ल्याईएको छ । अन्य घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनायो ।