Logo

भारतको विरोध गरेर राष्ट्रवादी भईन्न : मन्त्री यादव (भिडियोसहित)



काठमाडौं, २५ असार । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले भारतलाई गाली गरेरमात्रै देशको विकास र समृद्धि नहुने बताएका छन् । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार ब्याक भएपछि मन्त्री यादवको चौतर्फी आलोचना भैरहेको छ । यही सन्दर्भमा मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

विषादी परीक्षणको लागि आवश्यक पर्ने ल्याबहरु आधुनिक हुनुपर्नेमा अहिले त्यो नभएको कारण समस्या भएको उनको भनाई छ । यो प्रकरणमा आफूलाई सचिवले फसाएको उनको स्पष्टोक्ति थियो । तर, सचिवलाई कारबाही गरेरै छोड्नेपनि उनले चेतावनी दिए । सरकारले जनताको हितलाई ध्यानमा राखेर पोजिटिभ निर्णय गरेको भएपनि आवश्यक पूर्वाधार नभएकै कारण विषादी परीक्षण गर्ने निर्णयबाट ब्याक हुनु परेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्