Logo

न्युज एंकरले देशको मायामा अभिनय गरेपछि…(भिडियोसहित)



असार २५, काठमाण्डौ । टेलिभिजनको स्क्रिनमा दैनिक समाचार बाचन गर्दै आएकी शशी नेपालको अभिनय रहेको राष्ट्रिय भावनाको गितको भिडियो सार्वजनिक भएको छ ।

प्राइम टाइम्स टेलिभिजनकी न्युज एंकर नेपालले अभिनय गरेको “आफ्नो भन्दा धेरै माया लाग्छ मलाई मेरै देशको” बोलको गितको भिडियो आज सार्वजनिक गरिएको हो ।

नेपालको आज परेको जन्मदिनको अवसरमा भिडियो सार्वजनिक गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

भिडियो छायाङ्कन जेठको अन्तिम साता साता सम्पन्न भएको थियो । साहित्यकार ओम प्रकाश निरौलाको राष्ट्र भावमा ओतप्रोत गीतको म्यूजिक भिडियोको सुटिङ काठमाण्डौ उपत्यकाका विभिन्न रमणीय स्थानमा गरिएको हो ।

टेलिभिजनको स्क्रिनमार्फत चिनिएकी नेपाललाई आफ्नो गितमा अभिनय गराउँन पाएका निरौलाले उनको अभिनय अब्बल रहेको बताएका छन् ।

यता नेपाल स्वयमले पनि राष्ट्रिय भावनाले सजिएको गितमा अभिनय गर्न पाउँदा सन्तुष्टी मिलेको बताइन् । यसअघि ३ वर्ष एबिसी टेलिभिजनमा समाचार पढेकी नेपाल पछिल्लो एक वर्षदेखि प्राइम टाइम्स टेलिभिजनमा समाचार बाचनसँगै संवाददाताको भूमिकासमेत निर्वाह गर्छिन् ।

“मेरो पहिलो म्युजिक भिडियो हो । पहिलेदेखि नै रहर थियो, अफर आइरहेको थियो, तर सोचेजस्तो अवसर पाएको थिइन् । अहिले राष्ट्रिय गितमा अवसर आएपछि गरेको हुँ ।” नेपालले भनिन् ।

समाचार पढ्ने र अभिनय गर्नेमध्ये कुन सहज लाग्यो भन्ने प्रश्नमा उनी भन्छिन्–“फरक छ । स्टुडियोमा बसेर समाचार पढ्नु र वाहिरी वातावरणमा अभिनय गर्नुमा धेरै फरक छ । तर दुईवटै काम रमाइलो छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot