Logo

दाउराले हानेर पतिको हत्या गर्ने पत्नी पक्राउ



इनरुवा, २५ असार । पत्नीले दाउराले हानेर पतिको हत्या गरी फरार भइन् । इनरुवा नगरपालिका ७ खिरखिरया मुसहरी टोलमा ८ वैशाखमा भएको घटनामा मुकेश श्रषिदेवको हत्या भएको थियो ।

शुरुमा अनुसन्धान अरुतर्फ सोझिएकोमो प्रहरीले उनकै पत्नी संलग्न रहेको पत्ता लगायो ।

हत्यापछि अनुसन्धानका क्रममा पत्नी विमला ऋषिदेवले दाउरा हान्दा मुकेशको हत्या भएको खुलेपछि उनी फरार भइन् । घटनापछि फरार विमलालाई २४ असारमा पक्राउ गरिएको हो । गाउँमा लुकिछिपी बस्दै आएकी विमलामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot