Logo

चिरपटले हानेर हत्या गरी खोलामा शव गाडेपछि..



कैलाली, २५ असार । लेबर काम गरेर बस्ने ४५ वर्षीय कमल कुँवरलाई चिरपटले हानेर हत्या गरियो । हत्यापछि उनको शवलाई खोलामा लगेर गाडियो ।

प्रहरीले घटनाको सूचना पायो । कैलाली चुरे गाउँपालिकाको खोलामा गएर खाल्डो खनी शव झिक्यो । घटनाको अनुसन्धान गर्दै जाँदा २४ वर्षीय लालबहादुर लामा संलग्न भएको पत्ता लाग्यो । घटनापछि शव गाँड्न संलग्न लालबहादुर र उनकी पत्नी २६ वर्षीया कल्पना लामालाई पक्राउ गर्यो ।

उनीहरुले ५० मिटर दक्षिणमा रहेको खोलामा लगेर शव गाडेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्