Logo

चिरपटले हानेर दुईजनाको हत्या



अछाम, २५ असार । चिरपटले हानेर दुईजनाको हत्या गर्ने युवक पक्राउ परेका छन् । २८ वर्षीय पिरमकुमार साउदलाई २४ असारको विहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सायदले मंगलसेन नगरपालिका कुन्ती बण्डाली ढुङ्गानीका ५५ वर्षीय वीरमान थापा र ७२ वर्षीय देवसिंह साउदको हत्या गरेका हुन् । उनले दुवैमाथि चिरपट प्रहार गरेका थिए । मर्नेहरुमा वीरमान ससुरा र देवसिंह ठुलोबुबा नाता पार्ने हुन् ।

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot