Logo

भारतबाट विषादीयुक्त तरकारी आयो भन्नु हल्ला हो : कर्ण (भिडियोसहित)



काठमाडौं । राजपा नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले भारतबाट विषादीयुक्त तरकारी भित्रिएको भन्ने कुरा हल्लामात्रै भएको दाबी गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले यस्तो बताएका हुन् ।

उनले आफू तराईको वासिन्दा भएकोले भारतबाट आउने तरकारीमा विषादी नहुने कुरा दाबाका साथ भन्न सक्ने स्पष्ट पारे । त्यस्तै, उनले विषादी प्रकरणमा सरकार आफैं चुकेको पनि स्पष्ट पारे । जबसम्म विभिन्न हत्या काण्डबारे यथार्थ कुरा बाहिर आउँदैन तबसम्म संसद अवरुद्ध जारी रहने पनि कर्णले जानकरी दिए ।



प्रतिक्रिया दिनुहोस्