Logo

नक्कली डिएसपी पक्राउ



काठमाडौं, असार २६ । डिएसपी हुँ भनी ठगी गर्नेलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । धादिङको धुनिबेसी घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई सितापाइलाबाट पक्राउ गरिएको हो ।

२५ असारमा पक्राउ परेका नक्कली डिएसपीले आफ्नो सेक्युरिटी कम्पनि रहेको र सो कम्पनिमा सेयर हाल्न भन्दै एक लाख ६० हजार नगद लिइसकेका थिए । उनले पटक पटक पैसा माग्न थालेपछि पीडितले शंका गरी उजूरी गरेपनि पक्राउ परेका हुन् ।

पक्राउ परेका लुईंटेलमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखी अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot