Logo

तराईमा नदीको बहाब खतरामाथि



काठमाडौं, २७ असार । तराईका अधिकांश जिल्लाहरुमा नदीको बहाब खतराको माथि पुगेको छ । गृह मन्त्रालयले विहान विशेष बाढी सूचना जारी गर्दै चुरेका खोलाहरुको बहाब सतर्कता माथि र उच्च खतरामा रहको जनाएको छ ।

बागमती नदीको तराई क्षेत्रमा बहाब खतरामाथि रहेको छ । काठमाडौं उपत्यकामा रातभरको वर्षाका कारण स्थानीय खोलाहरुमा पानीको बहान बढ्न जाँदा खतरामाथि बहाब रहेको हो ।


कमला र कन्काईमा बहाब सतर्कता तह नजिक रहेको छ । कोसी  सतर्कता तह नजिक रहेको र बढ्न क्रम जारी छ । यो क्रम शनिबार सम्म कायमै रहने बाढी सूचना केन्द्रले जनाएको छ ।

कमला नदी धनुषा तितरिया बाढी मापन केनद्रमा जलसतह सतर्कता तह नजिक रहेकाले सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
भारी वर्षाका कारण चुरे र पहाडको क्षेत्रमा बहने प्राय नदीहरुमा जलसतह सतर्कता तह आपसास रहेकोले उच्च सतर्कता अपनाउन भनिएको छ ।

मेची,निन्दा,विरिङ,मावा-रतुवा,नुनखोला,लोहन्द्रा,वुढीखोला,खेसिलिया,सुनशरी खोला,त्रियुगा, वालन, खुट्टी,चुरियाखोला,खाडो,माहुली,रातो,हर्दी,लालबकैया लगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कता भन्दा माथि बाढी आउनेगरी बर्षा भईरहेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्