Logo

५ वर्ष ओली नै प्रधानमन्त्री, प्रचण्ड बन्दैनन् (भिडियोसहित)



काठमाडौं । भौतिक पूर्वाधार ताथ यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकार पाँच वर्षको लागि भएकोले अब केपी शर्मा ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । त्यस्तै, उनले तत्काल मन्त्रिमण्डल हेरफेर नहुनेपनि जिकिर गरेका छन् ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री महासेठले यस्तो दाबी गरेका हुन् । वर्तमान सरकारले विकास निर्माण तथा समृद्धिको लागि पहिलो वर्ष जग हाल्ने काम गरेकोले अब आगामी वर्षबाट जनताले देखिनेगरि विकास हुने पनि उनले ठोकुवा गरे ।

उनले आफूले ईतिहाँसमै कसैले गर्न नसकेको काम एक वर्षमा गरेर देखाएको पनि सुनाए । सडकको लागि नयाँ नयाँ ट्रयाक खोल्नेदेखि लिएर अन्य धेरै काम आफूले गरेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot