Logo

सिंहदरबारको पूर्वी गेटको पर्खाल भत्कियो (फोटोफिचर)



काठमाडौं । लगातारको वर्षाका कारण सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्किएको छ । सिंहदरबार पूर्व पट्टिको उक्त गेट आज विहान ढलेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए। पर्खाल ढलेपछि केही समय यातायात आवतजावतमा समस्या परेको थियो ।

महानगरीय प्रहरी परिसर सिंहदरबारका अनुसार अहिले अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइरहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्