Logo

अविरल वर्षाले देशभर आठको मृत्यु, आठ वेपत्ता



काठमाडौं, २७ असार । अविरल वर्षाले देशभर आठ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २६ असार देखि निरन्तर वर्षाका कारण बाढी र पहिरोले आठ जना वेपत्ता हुनुका साथै १३ जना घाइते भएका छन् ।

गृहले क्षति बढिरहेको जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको छ । अविरल वर्षाले नदीहरुको बहाव खतराको सूचीभन्दा माथि पुगेको छ ।

जनजीवन निकै प्रभावित छ । काठमाडौं उपत्यकामा बाटोहरुमा पानी जमेर हिंडडुल गर्न समस्या परेको छ ।



प्रतिक्रिया दिनुहोस्