Logo

यी खोलाको बहाव खतराभन्दा माथि



देशभर अविरल वर्षाले खोला र नदीहरुको बहाव खतराभन्दा माथि पुगेको छ । गृह मन्त्रालयले खतराभन्दा माथि बहाव भएका खोला र नदी असपासका तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ ।

खतराभन्दा माथि बहाव रहेका हरुमा मेची, निन्दा, विरिङ, मावा रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनशरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरियाखोला छन् ।

यसैगरी खाडा, माहुली, हर्दी, लालबकैयालगायत खोलामा नदीको बहाव खतराभन्दा मािथ रहेकोले साना नदी जलाधारका धेरै स्थानहरुमा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्