काठमाडौ,२८ असार । तीन दिनयता आएको अबिरल वर्षाका कारण देशभरको जन जिवन अस्त–व्यस्त भएको छ । अति बर्षाका कारण विभिन्न स्थान जलमग्न बनेका छन् भने सयौँ घर डुबानमा परेका छन् । बाढिकै कारण कयौ परिवार विस्थापित समेत बनेका छन् भने कयौ उद्वारका पर्खाइमा छन ।
शुक्रवार दिनभर आएको अविरल बर्षाले राजधानीको सुखि जिवनमै पार्नु विपत प¥यो । झुपडीदेखि हाउजिङ सबैले बाढीको सामना गर्नु प¥यो । सडक नै नहर बनेपछि कयौ सवारी साधने बाढीको बितण्डा खेप्नु प¥यो ।
खोलामा आएको बाढीले बगाउँदा मानीषको मृत्यु भएको खवर दिनभर जसो संचार माध्ययमका हेडलाईन बने । बेपत्ताको खोजी अवेर राती सम्म नै चलेपनि केहिलाई बाहेक कयौ अझै बेप्पत्ता छन् । घरमा पानी पस्दा हजारौको दैनिकी कष्टकर बनेको छ ।
त्यसो त काठमाडौमा घाम लाग्दा होस वा पानी पर्दा जनताले दुःख नपाउने कुनै सिजन नै छैन । घर बाहिर निस्कदा सयौ पटक सोच्नुपर्ने बाध्यता हर कोहि काठमाडौबासीको दैनिकी बनेको छ ।
हिलो बाटो, सडकका खाल्टा–खुल्टी अव कुनै नौला समस्या रहेनन् काठमाडौका । हु्ँदा–हुँदा अव त खोला तर्न पनि स्पाइडर म्यान बन्नु पर्ने भएको छ ।
स्पाईडर म्यानमा हुनुपर्ने गुण भएका अर्थात् उड्न सक्ने मानिसहरुका लागि मात्र काठमाडौँ भएको छ । घटना हो काठमाडौंको डल्लु, कंगेमा रहेको झोलुङ्गे पुलको । जहाँ उक्त उड्न सक्ने गुण तपाईंमा छैन भने कृपया पुल तर्ने आँट नगर्नुहोला । लामो समयदेखि उक्त पुल त्यहि अवस्थामा छ ।
हजारौ सर्व-साधारणले आवत जावत गर्ने उक्त पुलमा पानि परेपछि तर्न प्रायः साहसको खाचो पर्ने गर्छ । त्यस्तै मध्येको तस्विर खेमराज खड्काले समाजिक संजालमा जारी गरेका छन जहाँ विचरा रातो ज्याकेट लाऊने व्यक्ति साह्रै दोधारमा छन्, सोच्या सोच्यै छन् आफु उड्न सक्छु की सक्दिन ।