काठमाडौं, २९ असार । बाढीको खतरा आइतबारसम्म रहने भएको छ । थप वर्षा भइरहेकाले आइतबारसम्म आकस्मिक बहाब हुने भएकाले खहरेहरुमा खतरा रहेको नेपाल ले जनाएको छ ।
प्रमुख तथा मझौला नदीहरु भने सतर्कता तह तलै रहनेछ । पूर्व र मध्य क्षेत्रमा साना नदीहरुका जलाधारहरुमा थप वर्षा भई आकस्मिक बहाब हुन सक्ने भएकाले खतरा देखाइएको हो ।
सोमबारबाट नदीहरुमा अवस्था सामान्यीकरण हुने सूचना केन्द्रले जनाएको छ । विस्थापित समुदायलाई आफ्नो गाउँ तथा टोलमा फर्कन समेत भनेको छ ।