Logo

भानु जयन्ती मनाइदै



काठमाडौं, २९ असार । जीवनमा मानव र समाजका लागि काम गर्नुपर्छ भन्ने सामान्य घाँसीको व्यवहारको प्रशंशा गर्दै भानुभक्तले लेखेको कविताले नेपाली साहित्यलाई नयाँ बिन्दु प्रदान गर्यो । राजा महाराजाको गुणगान गाउने साहित्यभन्दा फरक उनले सामान्य मानिसलाई साहित्यमा समावेश गरेका थिए ।

त्यसैले भानुभक्त सदास्मरणीय छन् । उनलाई नेपालभित्र र बाहिरका नेपाली भाषाले श्रद्धा गर्छन् ।

नेपालभित्र र बाहिरका नेपाली भाषीले २०६ औं भानु जयन्ती मनाउँदैछन् । आदिकी भानुभक्तको जन्मजयन्तीका अवसरमा साहित्यिक संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् ।

देशभरका विद्यालयहरुमा भानु जयन्ती मनाइदैछ । कविता तथा साहित्यिक कार्यक्रम अयाोजना गरी भानु जयन्ती मनाइन लागिएको हो ।
नेपाली भाषी रहेका भारत, भुटान, बर्मालगायतका मुलुकमा पनि भानु जयन्ती मनाइदैछ । दार्जिलिङ र सिक्किममा भानु जयन्तीलाई विशेष पर्वका रुपमा मनाइन्छ ।


यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा शुभकामना दिदै नेपाली भाषालाई लेख्य परम्परामा स्थापित गरी नेपाली बाङमयमा अभूतपूर्व योगदान पुर्याएको भन्दै भानुभक्तको स्मरण गरेका छन् ।

तनहुँमा जन्मिएका भानुभक्तले नेपाली भाषामा रामायणका अलावा विभिन्न कविता लेखेर भानुभक्तले लेख्य परम्पराको विकासमा विशेष योगदान पुर्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्