काठमाडौं, २९ असार । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद अनिल कुमार झाले रौतहट डुबान हुनुमा भारतको दोष नभएर नेपालको दोष भएको दाबी गरेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संयोजक झाले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारलाई भारतलाई गाली गर्नुको साटो काम गरेर देखाउनपनि सुझाव दिए । झाले भारतले आफ्नो जनताको लागि बाँध बनाएको दाबी गरे । उनले भने,”हामीले पनि हाम्रो जनताको सुरक्षाको लागि बाध बनाउनुपर्ने हो नि, खोई त बनाएको हो ? अनि भारतले बनायो भनेर किन गाली गर्ने ? ”