विश्वकप क्रिकेटको फाइनल खेल भइरहेको छ । इंग्ल्यान्डमा जारी फाइनल खेलमा न्युजिल्यान्डले ब्याटिङ गरिरहेको छ । ३२ ओभरको खेल सकिदा उसले एक सय ४१ रन बनाएको छ ।
चार विकेट गुमाइसकेको न्युजिल्यान्डले यही गतिमा खेलेमा दुई सय ५० को स्कोर बनाउने प्रक्षेपण गरिएको छ ।
भारतलाई स्तब्ध पार्दा न्युजिल्यान्डले दुई सय ५० रन समेत बनाएको थिएन । इंग्ल्यान्डविरुद्ध जित हासिल गर्न न्युजिल्यान्डका बलरहरुले भारतविरुद्ध खेल्दा जस्तै सनसनीपूर्ण प्रदर्शन गर्ने हुन् होइनन् ? चासो बनेको छ । Photo: The Guardian