असार २९, काठमाण्डौ । साउन महिनामा भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो, हरियो र पहेलो रङ आउँछ । किनकी साउन महिनामा यि तीन रङका पोषक तथा गहना लगाउने गरिन्छ ।
हरियो सारी, चुरा पोतेमा सजियर आफुलाई नवबुलही जस्तै गरी सिंगार गर्दछन् । साउन महिनाभरी महिला दिदीबहिनीहरुले प्रत्येक सोमबार शिवको पूजाआराधना गरी ब्रत बस्ने गर्दछन् । यसरी पूजा आराधना गर्दा हात खुट्टामा मेहन्दी लगायर गर्दा चोखो मानिनुका साथै शुभ मानिने भएकोले साउन महिनामा मेहन्दीको धेरै डिमाण्ड र बिशेषता रहेको छ ।
मेहेन्दीको प्रयोग पाँच हजार वर्ष अघिदेखि नै सुरू भएको हो । एउटा संस्कारको रुपमा विकास भएको मेहन्दी लगाउने चलन अहिले फेसनका रुपमा विकास भएको छ । जे भएपनि मेहन्दीले मानिसको स्वास्थ्यमा पनि राम्रो फाइदा र्पुयाउँछ ।
मेहन्दी शब्द नेपालीहरूबीच परिचित छ । साउन महिनामा मेहन्दीको निकै चर्चा हुन्छ । साउन महिनालाई मेहन्दीको मौसम पनि भनिन्छ । साउन महिना लागेपछि घरघरमा मेहन्दी लगाइन्छ ।मेहन्दी, जस्लाई हिना पनि भनिन्छ, दक्षिण एसियामा शरिरका भागहरूलाई सजाउन प्राचिन कालदेखि प्रयोग गरिदै आएको वनष्पतीय सामग्री हो । यस्लाई हात, खुट्टा आदिमा लगाइन्छ । सन् १९९० को दशक देखि पश्चिमी देशहरूमा पनि मेहन्दी लगाउन थालिएको छ ।
तर साउन महिना चै सडकका पेटी–पेटीमा मेहन्दी लगाउनेहरू ग्राहकहरूलाई ताती धेरै हुन्छ र दिनप्रतिदिन यसको लोकप्रियता पनि बढिरहेको छ । नारीको र्सोह शृंगार मेहन्दीबिना अपूरो हुन्छ । यसलाई हात एवं केशको सौन्दर्यका लागि प्रयोगमा ल्याइन्छ । मेहन्दी विभिन्न चाडपर्व, उत्सव एवं विशेष समयमा बढी प्रयोग हुन्छ ।
मेहन्दी लगाउनको लागि हिना नामक विरूवारझाडीको पातहरूलाई सुकाएर पिसेर धूलो बनाउनुपर्छ । धूलोलाई मलमलको कपडामा दुई–तीन पटक छान्नेर कागतीको रसमा १० थोपा नीलगिरीको तेल हालेर मेहन्दीको धूलो राखी भिजाउनुपर्छ । त्यसपछि पानीमा इमली र चियाको पात हाली उमालेर पानी छानेर आवश्यक मेहन्दीको धूलो हाली भिजाउने गर्नुपर्छ ।
त्यसपछि गिलो मेहन्दीलाई प्लास्टिकको कागजको कोण बनाई आफुले चाहेको बुट्टा बनाएर प्रयोग गर्न सकिन्छ । बुट्टा सुक्न थालेपछि एक प्याला कागतीको रस र चिनीको मिश्रण तयार गर्नुपर्छ । हातखुट्टामा लागेको मेहन्दी सुकेर नखसोस् भनेर मिश्रण पटक–पटक मेहन्दीमा लगाउनुपर्छ । लगाएको मेहन्दी चार-पाँच घन्टापछि निकाल्नुपर्छ । मेहन्दी निकालेपछि १२ देखि १४ घन्टासम्म त्यो भागमा पानी पार्नु हुँदैन । यसो गर्दा मेहन्दीको रंग गाढा हुन्छ ।
मेहन्दी निकालेपछि तोरीको तेल लगाउनुपर्छ । कराही वा तावामा चार वटा ल्वाङका चूर्ण बनाएर हातमा घस्ने र त्यसपछि हातलाई आगोको रापमा सेक्नुपर्छ ।
मेहन्दी लगाउदा गाडा बस्यो भने आफुलाई माया गर्नेले धेरै माया गर्छ भन्ने पुराणो भनाइ छ । त्यसै अनुरूप कतिपय महिला दिदीबहिनीहरू मेहन्दीको रंग गाढा बनाउन मेहन्दीमा पेट्रोल, डिजेल, मट्टीतेल तथा विभिन्न किसिमका एसिड मिसाउँछन् जुन हाम्रो शरीरका लागि हानिकारक हुन्छन् । यस्ता केमिकलले छालामा एलर्जी हुने, हात पोल्नेजस्ता विभिन्न किसिमका समस्या देखा पर्न सक्छन् । त्यसैले सकेसम्म केमिकलरहित प्राकृतिक मेहन्दी प्रयोग गर्नुपर्छ ।
मेहन्दी विभिन्न नाम गरेर पाउछौ जस्तै ः अरेविक मेहन्दी, यासमिन अरेविक, कोहिनुर अरेविक, लाजवाव अरेविक, खुवसुरत अरेविक, फेन्सी अरेविक, निखार अरेविक, आसिकी अरेविक, इन्डो अरेविक, शैली अरेविक, सार्ली अरेविक, रुचिरा अरेविक, सानिया अरेविक, दुलहन मेहन्दी, काश्मिरी मेहन्दी, गोल्डेन मेहन्दी, मेटालिका मेहन्दी, फेब्रिक मेहन्दी, ब्ल्याक मेहन्दी, मीनाकारी मेहन्दी, राजस्थानी मेहन्दी आदि ।
नोट :
कोहीलाई मेहन्दी हानिकारक हुनसक्छ । त्यसैले यसको प्रयोग गर्नुभन्दा पहिले शरीरको कुनै पनि भागमा एक थोपा लगाई परीक्षण गर्नुपर्छ । चिलाउने फोका आउने गरेमा त्यस्तो एलर्जी स्किन प्रयोग नगर्न अनुरोध गर्दछु ।
सुषमा महरा
महिला उद्यमी तथा वरिष्ठ व्यूटिसियन
फेसियल हाउस