Logo

विश्वकप क्रिकेटको नाटकीय फाइनलमा इंग्ल्यान्डले बाजी मार्यो



“न भूतो न भविष्यती”, विश्वकप क्रिकेटको फाइनलमा न विगतमा यस्तो भएको थियो न त भविष्यमै हुनेछ । विजेताको निर्णय न त रनबाट भयो न त विकेट बाट नै भयो । निर्णय भयो बढी छक्का र चौकाको गणनाबाट ।

उपाधि जित्ने इंग्ल्यान्डले बढी छक्का र चौका हानेकाले विजेता भयो । उसले कुल २४ वटा छक्का र चौका प्रहार गरेको थियो । न्युजिल्यान्डले कुल १६ वटा चौका र छक्का प्रहार गरेको थियो ।

इंग्ल्यान्डको लर्डस मैदानमा २९ असारमा भएको रोमाञ्चक खेलमा दुवै टोलीले ५० ओभर खेल्दै २४१ रन बनाएका थिए । ब्याटिङभन्दा बलर नायक सावित भएको प्रतिष्पर्धामा २४२ रनको लक्ष्य पाएको इंग्ल्यान्ड विजयी हुने ठानिएपनि खेल उसका लागि सजिलो भएन ।

एक सय रन नबनाउँदै इंग्ल्यान्डले चार विकेट गुमाइसकेको थियो । उसका स्टार ब्याट्स्म्यानहरु सस्तोमा समेटिए ।


उपाधि न्युजिल्यान्डको पोल्टामा गइसकेको थियो । जीतका लागि अन्तिम ओभरमा १६ रन बनाउनुपर्ने वाध्यता थियो । बेन स्ट्रोक्स र जोस बटलरले एक छक्का र एक चौका हानेर १५ रन बनाए ।

जीतका लागि अन्तिम बलमा रन लिन खोज्दा बेन स्ट्रोक्स आउट भएका थिए । इंग्ल्यान्डले कठिन बराबरी निकाल्न सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । निकोल्सले मात्र अर्धशतक बनाउन सके । न्युजिल्यान्डका लागि वक्स र प्लुन्केटले तीन तीन विकेट लिए ।


जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डका बेन स्ट्रोक्स नायक सावित भए । उनले ८४ रन बनाए । बटलरले ५९ रन बनाए । इंग्ल्यान्डका लाग नसिम र फर्गसन दुवैले तीन तीन विकेट लिए ।

पहिलोपटक विश्वकप क्रिकेट जितेको इंग्ल्यान्डले नसोचेको कठिन जित हासिल गर्यो ।



प्रतिक्रिया दिनुहोस्