चार घन्टा ५७ मिनेट लामो विम्बल्डन टेनिसको फाइनलमा नोभाक जोकोभिचले रोजरर फेडररमाथि रोमाञ्चक जीत निकाले । २९ असारमा भएको फाइनलमा दुवै खेलाडी खेल सजिलै सुम्पन तयार थिएनन् ।
पाँच सेट लामो खेलको टुंगो लाग्न अन्तिम सेट टाइ हुँदै १३—१२ मा पुग्यो । विश्व नम्बर एक जोकोभिचले दुई पटक उपाधिको अंक जोगाए । फेडरर सबैभन्दा बढी पटक ग्रान्डस्लाम उपाधि जित्ने आफ्नै किर्तिमान भंग गर्ने बिन्दुमा पुगिसकेका थिए । खेलमा अनावश्यक त्रुटी बनाउँदा चुके ।
खेलमा जोकोभिचले ७-६, १-६, ७-६, ४-६ र १३-१२ को जित निकालेका हुन् । सर्बियाली विश्व नम्बर एकले जितपछि यसलाई अपत्यारिलो भने । १६ पटक ग्रान्डस्लाम उपाधि जित्दै उनी फेडररको रेकर्ड तोड्ने दिशामा बढे ।
३७ वर्षीय फेडररले २० पटक ग्रान्ड स्लामको उपाधि जितिसकेका छन् । उनीपछि राफेल नाडालले १८ पटक जितेका छन् । पूर्व विश्व नम्बर एक फडेरर उमेरका बाबजुद तन्दुरुस्त र लयमा नै छन् ।