काठमाडौं, ३० असार । भारी वर्षाका कारण देशका कतिपय नदी तथा खोलाहरुको बहाब खतराको बढ्ने भएको छ । पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाब केही बढ्ने बाढी सूचना केन्द्रले जनाएको छ ।
पश्चिममा भारी वर्षा हुने अनुमान गरिएकाले त्यस क्षेत्रका नदी र खोलाका तटीय क्षेत्रमा बस्नेहरुलाई शतर्कता अपनाउन आग्रह गरिएको छ ।
३० र ३१ असारमा कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स-साना खोलाहरमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।
१ साउनबाट मात्र ती क्षेत्रका खोलाहरु सामान्य अवस्थामा आउनेछन् । खहरेहरु खतरनाक हुनसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।