Logo

भेनेजुएलाका राष्ट्रपति मादुरोको छोरा काठमाडौंमा, संसदीय गतिविधिबारे जानकारी



काठमाडौं, ३० असार । नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधि मण्डलले आज नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ ।

सङ्घीय संसद भवन पुगेर प्रतिनिधि मण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको हो । राष्ट्रिय सभाका सदस्य बलरामप्रसाद बाँस्कोटाका अनुसार भेजेनुएलाको प्रतिनिधि मण्डलमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा पनि सहभागी छन् ।

दुवै देशको आन्तरिक परिस्थिति र आगामी दिनमा सम्बन्ध विस्तार गरेर अघि बढ्ने सम्बन्धमा प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुसँग छलफल गरेको थियो । युवा सङ्घ नेपालको निमन्त्रणमा प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot