Logo

गोदावरीमा जुवाडे धमाधम पक्राउ




काठमाडौं, ३० असार । गोदावरी नगरपालिका क्षेत्रमा जुवाडे धमाधम पक्राउ परिरहेका छन् । महानगरी प्रहरी वृत्त चापागाउँले जुवाडेलाई खोजी खोजी पक्राउलाई गति दिएको छ ।
जुवातास खेलाउने अखडामाथि छापा मार्दै आएका्े छ । कटेजमा जुवा खेल्नेहरुलाई रङ्गेहात पक्राउको भोलिपल्टै प्रहरीले थेचोबाट जुवाडे पक्राउ गरेको छ । जुवातास खेलाउन सक्रिय रामबहादुर तामाङ र खेल्ने पाँच जनालाई २९ असारको दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि चापागाउँस्थित कटेजहरुबाट जुवातास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot