Logo

प्रहरीलाई कुटेर मोबाइल खोसेर भागेपछि…



काठमाडौं, ३० असार । प्रहरीमाथि एक्कासी हातपात गरी मोबाइल खोसी भाग्न खोज्ने किशोरहरु पक्राउ परेका छन् । पाँच जनाको समूहमा रहेका किशोरहरुले तिलोत्तमा नगरपालिका ४ मगरघाटस्थित तिनाउखोलामा प्रहरीमाथि हातपात गरेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मगरघाटका १९ वर्षीय रोधन थापा, १८ वर्षीय आयुष थापा, १८ वर्षीय विवेक बिक र १८ वर्षीय सन्दिप बिक रहेका छन् ।

प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-४ मगरघाटस्थित तिनाउखोलामा बालुवा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी सो ठाउँमा पुग्दा करिब ५ जनाको समूहमा बसेका व्यक्तिहरुले एक्कासि प्रहरीमाथि हातपात गरी प्रहरीको मोबाइल खोसी भाग्न खोजेपछि पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्