Logo

दलीय स्वार्थका कारण संसद बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक दलीय स्वार्थ नमिल्दा स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्षबीच बैठक कसरी चलाउने र कार्यसूचीमा के राख्ने के नराख्ने भनेर सहमति नजुट्दा समस्या उत्पन्न भएको छ । यो समाचार आजको नेपाल समाचार पत्रमा गंगा बरालले लेखेका छन् । उसले यो समाचारलाई मुख्य समाचार बनाएको छ ।

सोमबार १ बजे बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको थियोे । संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरी बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमनसमेत गर्नका लागि सांसदहरु आ–आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएकाले बैठक ८ गते बुधबार १ बजे बस्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot